मासु खाँदा हड्डी अड्किएर एक जनाको ज्यान गयो

नेपालभ्युज

चितवन । चितवनको भरतपुर महानगरपलिका–१ स्थित शरदानगरमा बस्दै आएका करण सुनारको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको छ ।

तनहुँ सिद्धेश्वर नगरपालिकामा बस्दै आएका २२ वर्षीय करणको घाँटीमा हड्डी अड्किएको थियो ।

उनलाई स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा उपचार गरी औषधी दिइएको थियो ।

त्यसपछि उनी अंकलकै घरमा बसेर आराम गरिरहेका थिए । तर बिहीबार उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भरतपुर अस्पताल लगिएको थियो । भरतपुर अस्पतालमा उपचारको क्रममा सुनारको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved