काठमाडौं । प्रहरीले नाबालिकालाई जवर्जस्ती यौन कर्ममा लगाएको अभियोगमा खाजाघरका सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको बालाजु बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-६ घर भएका २३ वर्षीय नविनकुमार मगर रहेका छन् ।
काठमाडौं महानगरपालिका-१६ बालाजुमा ‘स्थितलाफा’ नामको खाजाघरमा बालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी जवर्जस्ती यौन कर्ममा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको हो ।
साथै, उक्त खाजाघरबाट एक जना बालिकाको समेत प्रहरीले उद्दार गरेको छ ।
उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment