काठमाडौं । काठमाडौंमा विभिन्न दलका शीर्ष नेतृत्वदेखि सरकारका मन्त्रीहरुसँगको भेटघाटमा व्यस्त रहेका सुनसरी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्।
बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान मेयर साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेको हो ।
राई नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको छ । धरानमा विमानस्थल बनाएरै छाड्ने अडानमा रहेका उनले सोबारे प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।
भेटमा आफूहरूले खानेपानी, विमानस्थल, राजमार्ग, ल्यान्डफिल साइट, उद्योगलगायत थुप्रै जनताका मागहरू राखेको मेयर साम्पाङले जानकारी दिए ।
यसअघि साम्पाङले उपप्रधान तथा गृहमन्त्री रवि लाछिाने, अर्थमन्त्री वर्षमान पुन, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतसँग पनि भेटवार्ता गरेका थिए ।
Facebook Comment
Comment