काठमाडौं । चीनले अरुणाचल प्रदेशका केही स्थानलाई नयाँ नाम दिएको छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार प्रदेशका ३० स्थानलाई नयाँ नाम दिइएको हो ।
अरुणाचल प्रदेशमा आफ्नो दाबी बलियो बनाउन चीनले यहाँका ठाउँको नयाँ नाम जारी गर्दै आएको छ ।
यद्यपि, भारतले त्यसलाई अस्वीकार गर्दै आएको छ । चीनको नयाँ नामले सत्य परिवर्तन नहुने भारतको भनाई छ ।
चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ ले रिपोर्टका अनुसार चीनको नागरिक मामिला मन्त्रालयले जाङ्गन (चीनको अरुणाचल प्रदेशको नयाँ नाम)मा ३० स्थानको नयाँ नाम जारी गरेको छ।
सन् २०१७ मा चीनले अरुणाचल प्रदेशको नयाँ नामहरूको पहिलो सूची जारी गरेको थियो। जसमा ६ वटा नयाँ नाम समावेश भएका छन् ।
सन् २०२१ मा १५ स्थानको नयाँ नाम दिइएको थियो। जहाँ सन् २०२३ मा ११ नयाँ नामहरूको सूची जारी गरिएको थियो ।
Facebook Comment
Comment