सिरियाको व्यस्त बजारमा कार बम विष्फोट हुँदा ७ जनाको मृत्यु

नेपालभ्युज

सिरियाको व्यस्त बजारमा कार बम विष्फोट हुँदा ७ जनाको मृत्यु

काठमाडौं। सिरियाको दक्षिणी क्षेत्रमा अवस्थित व्यस्त बजारमा एक कार बम विष्फोट हुँदा ७ जनाको मृत्यु भएको छ।

टर्कीको सीमा नजिकको अलेप्पो प्रान्तको अजाज सहरमा भएको सो आक्रमणमा परी थुप्रै मानिस घाइते भएका छन् ।

मारिनेमा २ बालबालिका पनि रहेको स्वयमसेवक उद्धार समुह ‘द ह्वाइट हेल्मेट्स’ ले जनाएको छ। विष्फोटपश्चातको भिडिओ फुटेजमा देखिएको दृश्यमा भुइमा लाशहरु, भग्नावशेष र कारमा आगो लागिरहेको थियो।

बम विष्फोट हुँदा बजारमा निकै चहलपहल थियो। इस्लाम धर्मको ठुलो चाड रमजानको व्रत सकिने अन्तिम दिन, ईद उल–फित्रलक्षित किनमेलमा मानिस व्यस्त थिए।

अजाज सहरमा सिरियाका राष्ट्रपति बसर अल–असदलाई समर्थन गर्ने प्रो–टर्कीश मिलिशियाको पकड छ। हालसम्म आक्रमणको जिम्मेवारी कसैले लिएका छैनन्।

टर्कीसँगको सिमाना नजिक भएको क्षेत्र र आपूर्ति मार्गको रुपमा लिइने अजाजलाई गृहयुद्धको सन्दर्भमा रणनैतिक रुपले महत्वपूर्ण मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved