सुनखानीमा दुर्घटना हुँदा ३८ जनाको मृत्यु

खानीमा अकस्मात बिस्फोट भएको र त्यसपछि भत्किएको थियो। त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।

नेपालभ्युज

सुनखानीमा दुर्घटना हुँदा ३८ जनाको मृत्यु

एजेन्सी। दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा पनि ३८ जना खानी मजदुरको ज्यान गएको छ।

खानी दुर्घटनामा परेर अरु पनि केही व्यक्ति घाइते भएका छन्।

दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको उक्त खानीमा अकस्मात बिस्फोट हुँदा दुर्घटना भएको थियो।

खानीमा अकस्मात बिस्फोट भएको र त्यसपछि भत्किएको थियो। त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीले उक्त खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनिएको भए पनि सञ्चालनमा ल्याएका कारण दुर्घटना भएको बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved