इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर र ब्रेन्टफोर्ड अंक बाड्न बाध्य, आर्सनल तालिकाको शीर्षस्थानमा

नेपालभ्युज

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर र ब्रेन्टफोर्ड अंक बाड्न बाध्य, आर्सनल तालिकाको शीर्षस्थानमा

काठमाडौं । इङ्लिस प्रिमियर लिग फूटबलमा बराबरी खेल्दै म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डले एक–एक अंक बाँडेका छन् ।

गएराति भएको खेलमा दुवै टोलीले अतिरिक्त समयमा एक–एक गोल गर्दै अंक बाँडेका हुन् । दुवै टोलीले बराबरीपछि तालिकामा एक–एक अंक बढाएका छन् ।

युनाइटेड ४८ अंकका साथ तालिकाको छैटौं स्थानमा छ भने ब्रेन्टफोर्ड २७ अंकका साथ तालिकाको १५ औं स्थानमा छ । हिजै भएको प्रिमियर लिगको अर्को खेलमा एस्टन भिल्ला विजयी भएको छ ।

एस्टनले उल्भ्सलाई २–० गोल अन्तरले पराजित गरेको हो । जीतपछि एस्टन भिल्ला ५९ अंकका साथ तालिकाको चौँथो स्थानमा उक्लिएको छ ।

त्यस्तै, टोटनहम (Tottenham)हटस्परले लुटन टाउनलाई २–१ गोल अन्तरले पराजित गर्दा सेफिल्ड युनाइटेड र फुलह्यामले तीन–तीन गोलको बराबरी खेलेका छन् । नटिङघम फरेस्ट र क्रिस्टल प्यालेसले एक–एक गोलको बराबरी खेल्दा चेल्सी र बर्नलीले दुई–दुई गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रिमियर लिगमा २९ औं चरणको खेल जारी रहँदा आर्सनल ६४ अंकका साथ तालिकाको शीर्ष स्थनमा छ । समान ६४ अंक रहेको लिभरपुल दोस्रो स्थानमा रहँदा एक अंक कम भएको म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved