खुमलटारमा प्रचण्ड र उपाध्यक्ष सुमारबीच एमसीसीबारे छलफल

नेपालभ्युज

खुमलटारमा प्रचण्ड र उपाध्यक्ष सुमारबीच एमसीसीबारे छलफल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमसीसी उपाध्यक्ष फतेमा सुमारबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा उपाध्यक्ष सुमारको टोली र प्रचण्डको टोलीबीच भेटवार्ता भएको हो।

अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा नेपालमा विवाद बढिरहेको समयमा भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष सुमारले प्रचण्डलाई भेटेकी हुन्। उनी प्रचण्डलाई भेट्न शुक्रबार बिहान खुमलटार पुगेकी थिइन्।

प्रचण्डको सचिवालयका अनुसार करिब १ घण्टा चलेको छलफलमा सुमारले एमसीसीको पक्षमा आउन र पारित हुने वातावरण बनाउनका लागि पहल गरेकी छन्। एमसीसीको विपक्षमा आवाज उठिरहेको समयमा पक्षमा परिस्थिति बनाउनका लागि उनी नेपाल आएकी हुन्।

यसअघि, हिजो काठमाडौं आएपछि उपाध्यक्ष सुमारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटिसकेकी छन्। आज उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्दैछिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved