काठमाडौं । इण्डियन प्रिमियर लिग IPL(आईपिएल)मा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा राजस्थानले दिल्ली(Delhi) क्यापिटल्स माथि १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो ।
दिल्लीका लागि डेभिड वार्नरले ३४ बलमा सर्वाधिक ४९ रन बनाए। यस्तै ट्रिस्टन स्टब्सले २३ बलमा ४४ रनको अविजित इनिङ खेलेपछि हार टार्न सकेनन् । राजस्थान(Rajasthan)का लागि नान्द्रे बर्ग र युजभेन्द्र चहलले समान २–२ विकेट लिए भने आवेश खानले १ विकेट लिएका थिए ।
त्यसअघि जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले रियान परागको मद्दतमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । परागले ४५ बलमा ७ चौका र ६ छक्का सहित ८४ रन जोडेका थिए ।
आईपिएलमा आज कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्लोर भिड्ने छन् ।

Facebook Comment
Comment