काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले ०८१/०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचय पत्र वितरण गर्ने बताएकी छन् ।
सोमवार मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्षको कृषि सम्बन्धी बजेट तथा कार्यक्रम सम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री साहले किसानहरुको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको बताइन् ।
मन्त्रालय किसानहरुलाई पहिचान गरी किसान परिचय पत्र दिनेगरी लागिपरेको उनको भनाई छ ।
साहले सबैजना एकाकार भएर फौजी तरिकाले कमाम गर्ने हो भने किसानको समस्या समाधान गर्न सकिने बताए ।
साथै, उनले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी रहेको बताइन् । सुन्तलालाई चाँडै नै मन्त्रीपरिषद्बाट पारित गर्न लागेको साहले जानकारी दिइन् ।
‘सुन्तलाको हिसावले पनि म केही दिनमा मन्त्रीपरिषबाट पास गर्ने प्रक्रियामा पनि लागेको छु । किनकी सुन्तला मिठो फल हो । खान पनि सजिलो छ । गाडीमा बस्दाखेरी पनि ५/६ जना बसेपनि केलाएर खान सकिन्छ, काट्नलाई चक्कुहरु परेन ।’ साहले भनिन् ।
२ लाख हेक्टर बाँझो जग्गालाई प्रयोगमा ल्याउनसके कृषि उत्पादनमा वृद्धि ल्याउन सकिने उनको भनाई छ ।
Facebook Comment
Comment