काठमाडौं । होली मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सुरक्षा जाँच कडा बनाएको छ ।
काठमाडौं उपत्यकामा आज (आईतवार) बिहानैदेखि होली व्यवस्थित बनाउन प्रहरीले सुरक्षा जाँचमा कडाइ गरेको हो ।
होली पर्वको अवसरमा मानिसले उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधि हुने भएकाले चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबारमार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले सुरक्षा जाँच गरिरहेको छ ।
साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ ।
होली व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० भन्दा बढी स्थानमा जाँच टोली राखेको छ । सार्वजिनक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको जनाएको छ ।
Facebook Comment
Comment