काठमाडौं । मदिरा नीति मामिलामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेकोमा ‘भारत’ गठबन्धनमा समावेश दलहरूले विरोध गरेका छन्।
गठबन्धनमा सामेल धेरै दलहरूले लोकसभा चुनावमा भाजपालाई हारको डर भएको बताएका छन् ।
त्यसैले आत्तिएर उनले विपक्षी दलका नेताहरु पक्राउ गर्न थालेको आरोप लगाएका छन् ।
भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले केजरीवालको गिरफ्तारीको विरोध गर्दै भने, ‘भाजपा अहंकारी भएको छ । हरेक दिन लोकसभा चुनावमा आफ्नो जीतको खाली दाबी गरिरहेको छ। चुनावअघि प्रतिपक्षीलाई अवैधानिक माध्यमबाट कमजोर बनाउने प्रयासमा प्रधानमन्त्री मोदी दिनप्रतिदिन व्यस्त छन् ।’
यस्तै, कांग्रेस नेता राहुल गान्धीले भने, ‘डराएको तानाशाह’ मृत लोकतन्त्र सिर्जना गर्न चाहन्छ । भारत गठबन्धनले यसको उचित जवाफ दिनेछ।’
एनसीपी नेता शरद पवारले केजरीवालको गिरफ्तारीले लोकसभा चुनाव नजिकिँदै गर्दा केन्द्र सरकारले विपक्षी नेताहरूमाथि बदला लिन केन्द्रीय एजेन्सीहरूको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।
यसअघि आपका शीर्षमध्येका एक दिल्लीका पूर्व स्वास्थ्यमन्त्री सत्येन्द्र जैन, पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया र राज्यसभा सांसद संजय सिंह पक्राउ परिसकेका छन् ।
आपका सबैजसो नेता भ्रष्टाचारको आरोपमा जेलमा पुगेपछि आपमाथि नेतृत्वको संकट उत्पन्न भएको छ ।
Facebook Comment
Comment