काठमाडौं । चितवनको रत्ननगर नगरपालिका-१० मा रहेको शिशु निकेतन माविको छात्रावासमा शालीन पोखरेलको मृत्यु घटनामा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
मंगलबार न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले मृत्यु प्रकरणमा पक्राउ परेका विद्यालयका तीन शिक्षकलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
घटनामा प्रहरीले प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षीय कमल शर्मालाई पक्राउ गरेको थियो ।
देवकोटालाई तीन लाख, अधिकारी र शर्मालाई पाँच/पाँच लाख धरौटीमा छोड्ने आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
गत फागुन १२ गते शनिबारको दिन पोखरेल स्कुलको होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।
शालीनका बाबु दीपेन्द्र पोखरेलले हत्या अभियोगमा तीन जनाविरुद्ध जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान थालेको थियो ।
Facebook Comment
Comment