मानव तस्करी गरिरहेका प्रशिक्षकहरूलाई कारबाहीको दायरामा ल्याउँछु : मन्त्री श्रेष्ठ

नेपालभ्युज

मानव तस्करी गरिरहेका प्रशिक्षकहरूलाई कारबाहीको दायरामा ल्याउँछु : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मानव तस्करी गरिरहेका प्रशिक्षकहरूलाई कारबाहीको दायरामा ल्याउने दाबी गरेका छन् ।

शनिबार आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

यद्यपि, मन्त्री श्रेष्ठले कुन खेलका प्रशिक्षकले त्यस्ता गतिविधि गरिरहेका छन् भन्नेबारे खुलाएनन् ।

साथै मन्त्री श्रेष्ठले पुल्चोकस्थित मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउनका लागि अगाडि बढेको प्रस्तावमा काम गर्ने समेत बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले दुई महिना अगाडि पुल्चोकको मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउन प्रस्ताव ल्याएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved