घरमा वास्तु दोष भएको कसरी पत्ता लगाउने ?

नेपालभ्युज

घरमा वास्तु दोष भएको कसरी पत्ता लगाउने ?

एजेन्सी । हरेक व्यक्तिले सुख तथा समृद्धि चाहन्छ, जसका लागि उसले हरेक कोसिस पनि गरिरहेको हुन्छ । अहिले वास्तुअनुसार घर बनाउने तथा घरलाई त्यसरी राख्ने चलन पनि अत्यधिक चलिरहेको छ ।

वास्तु दोष भयो भने घरमा राम्रो हुँदैन भन्ने मान्यता वास्तुशास्त्रको छ । त्यसैले आज हामी घरमा वास्तु दोष छ कि छैन भनेर कसरी पत्ता लगाउने यसबारेमा जान्नेछौं-

  • घरमा कसैलाई नकारात्मक विचार आइरहेको छ र राम्रो लागिरहेको छैन भने यसको कारण वास्तु दोष हुन सक्छ । यसबाहेक छटपटी तथा डराउने जस्तो अवस्था पनि वास्तु दोषले हुने गर्छ ।
  • घरमा बिनाकारण लडाई-झगडा हुनु पनि वास्तु दोष कै कारणले हुन सक्छ । बिना कारण घरमा विवादको स्थिति उत्पन्न भइरहेको छ भने यसबाट बच्नका लागि वास्तु दोषको निवारण गर्नुपर्दछ ।
  • बिनाकारण पैसा खर्च भइरहेको छ र व्यापारमा घाटा भइरहेको छ वा जागिरमा पनि संकटको स्थिति उत्पन्न भइरहेको छ भने यसको कारण पनि वास्तु दोष हुन सक्छ ।
  • वास्तुशास्त्रका अनुसार घरमा स्वास्थ्यसम्बन्धी समस्या पनि कतिपय अवस्थामा घरमा भएको वास्तु दोषले गर्दा हुन सक्छ । यस्तोमा वास्तु विशेषज्ञबाट दोष हटाउने उपायहरु गर्न सकिन्छ ।
  • कैयौंपटक बनिसकेको वा बनिरहेको काम अचानक बिग्रन्छ यस्तो पनि वास्तु दोषले हुन सक्छ । जति मेहनत गर्दा पनि सफलता हासिल भइरहेको छैन भने पनि वास्तु दोषको कारण हुन सक्छ । यसका लागि वास्तुसम्बन्धी केही उपायहरु गरेर तपाईं विभिन्न खालका वास्तु दोषहरु हटाउन सक्नुहुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved