त्रिदेशीय टी–२० क्रिकेट सिरिज

हङकङले दियो पीएनजीलाई १२२ रनको लक्ष्य

खेलको विजेताले नेपालसँग फाइनल खेल्न छ

नेपालभ्युज

हङकङले दियो पीएनजीलाई १२२ रनको लक्ष्य

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा हङकङले पीएनजीलाई १२२ रनको लक्ष्य दिएको छ।

हङकङको मङकोकमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली १८.३ ओभरमा १२१ रन बनाएर अलआउट भएको हो।

हङकङका लागि जिशान अलीले अर्धशतकीय पारी खेले। जिशान २९ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै ५५ रनमा अविजित रहे। नसरुल्ला खान र एहेसान खानले १६–१६ रन बनाए।

पीएनजीका लागि एली नाओ, एन्नाग्रेस भाला, सेसे बाउ र काबुआ मोरियाले २–२ विकेट लिए।

यस खेलको विजेताले नेपालसँग फाइनल खेल्ने छ। पराजित टोलीले भने हङकङ ‘ए’सँग खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved