झापा गोल्डकपको उपाधिका लागि आज चर्च ब्वाइज र एपिएफ भिड्दै

नेपालभ्युज

झापा गोल्डकपको उपाधिका लागि आज चर्च ब्वाइज र एपिएफ भिड्दै

काठमाडौं । झापा गोल्डकपको उपाधिका लागि आज चर्च ब्वाइज क्लब काठमाडौँ र विभागीय टोली एपिएफ क्लब आमने सामने हुँदैछन् । खेल अपरान्ह तीन बजे डोमलाल रंगशालामा हुनेछ ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा–११ लाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।

पहिलो सेमिफाइनलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई १—० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved