गाजामा चरम भोकमरी, बालबालिका आक्रान्त

नेपालभ्युज

गाजामा चरम भोकमरी, बालबालिका आक्रान्त

काठमाडौं । द्वन्द्वग्रस्त क्षेत्र गाजामा चरम भोकमरी सिर्जना भएको छ । भोकमरीले विशेष गरि बालबालिका आक्रान्त बनेका छन् ।

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार भोकमरीका कारण पछिल्ला दिनमा १० बालबालिकाको मृत्यु भएको छ भने सयौं भोकमरीको शिकार भइरहेका छन् ।

स्वास्थ्य संगठनले गाजामा अनिकाल आउन सक्ने चेतावनी दिएको छ । डब्ल्युएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयसका अनुसार गाजाका अधिकांश अस्पताल ध्वस्त भइसकेको र ती अस्पतालहरुमा उपचाररत बालबालिकासहित गाजाका अधिकांश बालबालिका कुपोषण र भोकमरीको शिकार हुने गरेका छन् ।

गाजामा कुपोषण, भोकमरी, इन्धन र खाद्यान्न अभावका कारण सर्वसाधारणले संकट व्योरेका छन् ।

गाजाका ९० प्रतिशत भवनहरु ध्वस्त हुँदा हजारौं सर्वसाधारण खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved