काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने छ । अनपेक्षित बदलिएको सत्ता गठबन्धनपछिको उत्पन्न राजनीतिका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । सत्ता गठबन्धन टुटेसँगै प्रतिपक्षी बेन्चमा आइपुगेको कांग्रेसले सरकारलाई दिने समर्थनका विषयमा निर्णय गर्ने बताइएको छ ।
सत्ता गठबन्धन टुट्नुको आधिकारिक धारणा पनि कांग्रेसले बैठकपछि सार्वजनिक गर्ने जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकोहोरो कांग्रेसलाई दोष लगाउदै सहकार्य तोड्नु परेको बताउदै आएका छन् । प्रधानमन्त्रीले लगाएको आरोपलाई कांग्रेसले खण्डन गर्ने तयारी गरेको छ ।
Facebook Comment
Comment