काठमाडौं । भारतका केन्द्रीय मन्त्रीहरूसहित वरिष्ठ भाजपा नेताहरूले सोशल मिडिया प्लेटफर्म एक्समा आफ्नो नाममा ‘मोदीको परिवार’ थपेका छन्।
‘मोदीको परिवार’ नाममा थप्ने नेताहरूमा अमित शाह, नितिन गडकरी, पियुष गोयल, अनुराग ठाकुर, ज्योतिरादित्य सिन्धिया, किरेन रिजिजु, शिवराज सिंह चौहान र जेपी नड्डालगायत छन्।
सोमबार तेलंगानाको एक र्यालीमा प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘देशका करोडौं जनताले मलाई आफ्नो ठान्छन् । मलाई आफ्नो परिवारको सदस्य जस्तै माया गर्नुहोस्। त्यसैले म भन्छु कि १४० करोड देशवासी यो मेरो परिवार हो। यी युवाहरू मेरो परिवार हुन्। आज देशका करोडौं छोरी, आमा, दिदीबहिनी मोदीको परिवार हुन् ।’
मोदीले थप भनेका थिए, ‘आज देशका हरेक गरिब मेरो परिवार हो । आज देशका करोडौं ज्येष्ठ नागरिक मोदीको परिवार हुन् । जसको कोही छैन त्यो पनि मोदीको हो र मोदी पनि उनकै हो । मेरो भारत मेरो परिवार हो।’
त्यसलगत्तै नेताहरुले मोदीको समर्थनमा एक्स ह्याण्डलमा ‘मोदीको परिवार’ थपेका हुन् ।
यसअघि सन् २०१९ को लोकसभा चुनाव अघि भारतीय कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री मोदीका लागि ‘चौकीदार ही चोर हे’को नारा दिएका थिए ।
त्यसपछि भाजपा नेताहरूले आफ्नो सोशल मिडियाहरूमा चौकीदार शब्द थपेका थिए।
Facebook Comment
Comment