नेपालमा करिब २ खर्बको वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

नेपालभ्युज

नेपालमा करिब २ खर्बको वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

काठमाडौं। नेपालमा वैदेशिक लगानीमा वृद्धि भएको छ।

आर्थिक वर्ष २०७७/७८ मा ८.५ प्रतिशतले वृद्धि भई लगानी करिब २ खर्ब रुपैयाँ पुगेको हो। केन्द्रीय बैंकले गरेको अध्ययनअनुसार असार मसान्तसम्म नेपालमा वैदेशिक लगानी १ खर्ब ९८ अर्ब ५२ करोड कायम भएको छ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले गरेको सर्वेक्षणअनुसार नेपालमा ५२ देशको प्रत्यक्ष लगानी रहेको छ। जसमा सबैभन्दा बढी भारतको छ। सबैभन्दा बढी ६२ अर्ब ४५ करोड भारतीय नेपालमा भित्रिएको छ। त्यसपछि भने चीनबाट ३० अर्ब ९७ करोड रुपैयाँ आएको देखिएको छ।

यस्तै कुल वैदेशिक लगानीमध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा छ। त्यसपछि ४३.९ प्रतिशत सेवा र २८.३ प्रतिशत उत्पादन क्षेत्रमा छ। लगानीका लागि सरकारले सबैभन्दा बढी आह्वान गर्ने गरेको जलविद्युत् क्षेत्रमा हो। जसमा २७.३ प्रतिशत मात्रै वैदेशिक लगानी भित्रिएको देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved