फागुन १३ देखि चैत्र ७ सम्म देशभर राष्ट्रिय दादुरा-रुबेला खोप अभियान सञ्चालन हुने

नेपालभ्युज

फागुन १३ देखि चैत्र ७ सम्म देशभर राष्ट्रिय दादुरा-रुबेला खोप अभियान सञ्चालन हुने
फाइल तस्वीर

काठमाडौं । सरकारले फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०८० सञ्चालन गर्ने भएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा परिवार कल्याण महाशाखाले यसबारेमा जानकारी दिएको हो ।

खोप अभियान फागुन १३ गतेदेखि चैत्र ७ गतेसम्म सञ्चलन हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्न लागेको बताए । उनकाअनुसार रुकुमपश्चिम र जाजरकोटमा भने खोप अभियान सकिसकेको छ । उनले भने, ‘दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम हामी फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्दैछौँ । दुई जिल्लाहरु रुकुमपश्चिम र जाँजरकोटमा सकिसकेको छ । २०२६ मा यो रोग निवारण गर्ने भनेर लागेको छौं ।’

पत्रकार सम्मेलनमा बोल्दै बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जाजरकोटमा ९९ प्रतिशतमा दादुरा खोप पुर्‍याएको  बताए । उनले जाजरकोटमा दादुरा—रुबेला खोप लगाउने बालबालिकाहरुको संख्या ८८ हजार ३४४ रहेको बताए । उनले रुकुमपश्चिममा १०७ प्रतिशतमा दादुरा खोप पुर्‍याएको बताए। उनले रुकुमपश्चिममा भ्याक्सिन लगाउनेको संख्या ५० हजार ४ सय ८७ रहेको बताए । उनले भने, ‘जाजरकोटमा ९९ प्रतिशत कभरेज गरेका छौँ । बच्चाहरुको लगाउने संस्ख्या ८८ हजार ३४४ लाई छ । रुकुमपश्चिममा १०७ प्रतिशत कभरेज छ । त्यसमा हामीले भ्याक्सिन लगाएको ५० हजार ४ सय ८७ रहेको छ । जम्मा एक लाख १८ हजार ८३१ लाई खोप लगाएका छौँ ।’

दादुरा—रुबेला खोप अभियानमा लक्षित समूह ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरु र ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरु रहेका छन् । यस अभियानमँ तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइनेछ । बाँकी जिल्लाहरुमा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ । खोप नियमति खोपकेन्द्र सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोपकेन्द्र एवं स्वास्थ्य संस्थाबाट प्रदान गरिनेछ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved