१५ मिनेटको लागि भन्दै स्थगित संसद् बैठक चार घण्टासम्म सुरू हुन सकेन, सभामुख दलका सचेतकसँग

नेपालभ्युज

१५ मिनेटको लागि भन्दै स्थगित संसद् बैठक चार घण्टासम्म सुरू हुन सकेन, सभामुख दलका सचेतकसँग

काठमाडौं । सत्ता–प्रतिपक्षी दलका सांसदको आरोप प्रत्यारोपपछि १५ मिनेटको लागि भन्दै स्थगित प्रतिनिधि सभा साढे घण्टा बितिसक्दा पनि सुरु हुन सकेको छैन ।

शुक्रबार बिहान बसेको बैठकमा सत्ता प्रतिपक्षबीच जुहारी चलेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि भन्दै स्थगन गरेका थिए । १२ बजेर १० मिनेटमा स्थगित बैठक अपराह्नको झन्डै ४ बज्न लाग्दा समेत सुरु हुन सकेको छैन ।

सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकसँग छलफल शुरू गरेपछि संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले साढे २ बजे बस्ने भन्दै सूचना प्रकाशित गरेका थिए । त्यो सूचना आएको डेढ घण्टा हुन लाग्दा पनि बैठक सुरु नभएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved