म्यानमारको खानीमा पहिरो, सय जना बेपत्ता

नेपालभ्युज

म्यानमारको खानीमा पहिरो, सय जना बेपत्ता

काठमाडौं। म्यानमारमा बहुमूल्य रत्न ‘जेड’ को खानीमा बुधबार गएको पहिरोमा कम्तीमा सय जनाभन्दा बढी बेपत्ता भएका छन्। अधिकांश गैरकानुनी रूपमा खानी उत्खनन कार्यमा संलग्न थिए।

पाकान्टस्थित खानी नजिकैको तालमा हराइरहेकाहरूको खोजी भइरहेको छ। उत्तरी कचिन प्रान्तको पाकान्ट क्षेत्रमा बुधबार बिहान पहिरो गएको हो।

खानीमा सञ्चालित लरीहरूले खुला खाल्डामा फालेको ढुंगामाटोको ठुलो परिमाण बगेका कारण पहिरो गएको बताइएको छ । म्यानमार जेडका लागि विश्वकै एक प्रमुख स्रोत हो । त्यहाँका खानीहरूमा हुने दुर्घटनामा बर्सेनि सयौँ मानिसको ज्यान जानेका गरेको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार करिब २ सय जना उद्धारकर्ताहरूले हराइरहेकाहरूको खोजी गरिरहेका छन्। सन् २०२० मा खानीबाट निस्किएको फोहोरका कारण नजिकैको एक ताल फुट्दा १ सय ६० जनाभन्दा बढीको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved