काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठकमा चार वटा समूह बनाएर छलफल सुरु भएको छ ।
बैठकको तेस्रो दिन आज चार समूहमा विभाजन गरी पाँच वटा प्रतिवेदनमाथि छलफल सुरु भएको हो । कांग्रेसका महासमिति प्रतिनिधिले प्रतिवेदनमाथि बोल्न ५ मिनेटको समय पाउने भएका छन् ।
सोमवारबाट ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा मंगलवार पेस भएका प्रतिवेदनमाथि छलफल भइरहेको हो ।
छलफलका लागि २ हजार २ सय बढी प्रतिनिधिलाई चार समूहमा विभाजन गरिएको हो ।
बुधवार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले क्रमशः सांगठनिक र समसामयिक, राजनीतिक प्रतिवेदन र काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देशको वर्तमान आर्थिक, अवस्था, सम्भावना र भावी योजना र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Facebook Comment
Comment