गंगा लिगल र कमलमणि पोखरेललाई क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार

नेपालभ्युज

गंगा लिगल र कमलमणि पोखरेललाई क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार

काठमाडौं।  यस वर्षको क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार वरिष्ठ साहित्यकार गंगा लिगल र पत्रकार कमलमणि पोख्रेललाई प्रदान गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवं वरिष्ठ साहित्यकार प्रा‍.डा‍. उषा ठाकुरले एक समारोहबीच उनीहरूलाई सम्मानित गरेकी हुन्।

गीतकार एवं कवि सपना लामिछाने देउजाद्वारा लिखित कविता सङ्ग्रह जिन्दगी एक यात्राको विमोचन समारोहक अवसरमा उनीहरुलाई सम्मान गरिएको हो। नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान दिएवापत साहित्यकार लिगललाई क्याप्टेन रतन बहादुर लामिछाने विशिष्ट साहित्य पुरस्कार र पत्रकारिताको विकासमा योगदान दिएवापत पोख्रेललाई क्याप्टेन रतन बहादुर लामिछाने युवा प्रतिभा पुरस्कारबाट सम्मान गरिएको कार्यक्रम संयोजक दीपक भेटुवाल (दीपसागर) ले बताए।

लिगलका विभिन्न विधाका दुई दर्जनभन्दा बढी कृतिहरु प्रकाशित भएका छन्। त्यस्तै, पोख्रेल प्राइम टेलिभिजनमा समाचार संयोजकका रूपमा कार्यरत छन्।

जिन्दगी एक यात्रा सार्वजनिक


नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य वरिष्ठ साहित्यकार प्रा.डा. ठाकुर र वरिष्ठ साहित्यकार प्रा.दिनेशराज पन्तले संयुक्त रूपमा जिन्दगी एक यात्रा कविता सङ्ग्रहको संयुक्त रूपमा विमोचन समेत गरेका थिए।

देउजाको कविताले मानव जीवनका हरेक पाटोलाई समावेश गरेको भन्दै ठाकुरले प्रशंसा गरिन्। त्यसैगरी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य दिनेशराज पन्तले पनि कविता संग्रह सबैलाई उपयोगी हुने बताए।

कार्यक्रममा साहित्यकार हरिप्रसाद पाण्डेय, जलेश्वरी श्रेष्ठ, गायक आनन्द कार्कीलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियोे । जिन्दगी एक यात्राको प्रकाशन तथा कार्यक्रम संयोजन सूचक प्रकाशनले गरेको हो।


Comment

One thought on “गंगा लिगल र कमलमणि पोखरेललाई क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार

  1. क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार प्राप्त गर्नु भएकोमा वरिष्ठ साहित्यकार गंगा लिगल ज्यु र पत्रकार कमलमणि पोख्रेल ज्युलाई हार्दिक बधाई ज्ञापन गर्दछु l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved