क्यानडा ११ विरुद्ध सन्दीपको अर्धशतक, नेपाल ‘ए’को १०० रन पूरा

नेपालभ्युज

क्यानडा ११ विरुद्ध सन्दीपको अर्धशतक, नेपाल ‘ए’को १०० रन पूरा

काठमाडौं। क्यानडा ११ विरुद्धको दोस्रो एकदिवसीय खेलमा कप्तान सन्दीप जोराले अर्धशतक पूरा गरेका छन्।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा जोराले ६५ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ६ चौका प्रहार गरे।

२४१ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नेपालले १०० रनको आंकडा पूरा गरेको छ । सन्दीपलाई अर्जुन कुमालले साथ दिइरहेका छन् । उनीहरुले १२९ रनमा १०० रनको साझेदारी पूरा गरे ।

२.३ ओभरमा नै २ विकेट गुमाएर धर्मराएको नेपाली ब्याटिटङलाई सन्दीप जोरा र अर्जुन कुमालको ब्याटिङले सम्हालिरहेको छ।

नेपाल ‘ए’का ओपनर मयन यादव पहिलो बलमा नै डगआउट भए । २.३ ओभरमा शेर मल्ल पभिलियन फर्किए। क्यानडाका लागि भने अमर खालिदले २ विकेट लिए।
२४ ओभरमा २ विकेटको क्षतिमा नेपाल एले ११३ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved