ईपीएस परीक्षामा दोब्बर बढीको आवेदन, पाँच सिफ्टमा परीक्षा

नेपालभ्युज

ईपीएस परीक्षामा दोब्बर बढीको आवेदन, पाँच सिफ्टमा परीक्षा

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षामा आवेदन दिनेको संख्या अपेक्षाभन्दा दोब्बर परेकाले पाँच सिफ्टमा सञ्चालन गरिँदै छ ।

सोमबारदेखि परीक्षा छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको संख्या अपेक्षाभन्दा दोब्बर परेकाले थियो ।

यसकारण परीक्षाको सिफ्ट संख्या बढाउनुपरेको ईपीएस शाखाले जनाएको हो ।

सो शाखाका अनुसार शाखाका निर्देशक मैयाँ कँडेलले यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले सोमबारदेखि प्रत्येक दिन पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्न आवश्यक तयारी पूरा भएको जानकारी दिइन् ।

ईपीएस शाखा र कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेको तर अनुमान गरेभन्दा दोब्बर बढीको आवेदन परेपछि व्यवस्थापनमा समस्या भएको जनाइएको छ ।

ईपीएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा एक लाख ६४ हजार बढीले आवेदन दिएका छन् । शाखाका अनुसार ईपीएस अन्तर्गत लिइने भाषा परीक्षा समयमा सम्पन्न गर्न र परीक्षा तालिका सार्वजनिक गर्ने विषयमा कोरियन पक्ष (एचआरडी) सँग छलफल भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved