आईसीसी क्रिकेट विश्वकप लिग–२

नामिबियाविरूद्ध नेपालको कमजोर ब्याटिङ, १३३ रनको सामान्य लक्ष्य प्रस्तुत

नेपालभ्युज

नामिबियाविरूद्ध नेपालको कमजोर ब्याटिङ, १३३ रनको सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो पहिलो खेलमा नेपालले नामिबियासामु १३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रनमा अलआउट भएपछि नामिबियाले उक्त लक्ष्य पाएको हो ।

यो घरेलु मैदानमा नेपालले बनाएको सबैभन्दा कम योगफल हो । यसअघि घरेलु मैदानमा नेपालले सन् २०२२ मा युएईविरुद्ध ९ विकेटको क्षतिमा बनाएको १७९ रन र २०२१ मा ओमानसँग अलआउट हुँदै बनाएको १७९ रनको योगफल सबैभन्दा कम थियो ।

भीम सार्कीले ४४ रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन सम्झनलायक रहेन ।

इनिङ्सको पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालका अनिल साह तेस्रो ओभरको पहिलो बलमा ८ रनमा र आसिफ शेख चौथो ओभरको पाँचौ बलमा ४ रनमा आउट भए । ९.३ ओभरमा क्याप्टेन रोहितकुमार पौडेल पनि एक रनमा बोल्ड भएपछि नेपाल थप संकटमा आएको थियो ।

भीम सार्की र कुशल मल्लले पाँचौ विकेटका लागि ४६ रनको साझेदारी गर्दै नेपालको आशा जगाएका थिए । तर खराब सर्ट खेल्ने क्रममा कुशल १५ रनमा आउट भएपछि नेपालको इनिङ्स पुनः धरमराएको थियो ।

लगत्तै सोमपाल कामी पनि २ रनमा क्याच आउट भए । भीमले ४४ रनको पारी खेले । गुल्सन झा २१ रनमा बोल्ड हुँदा पवन सर्राफले १२ रन बनाए । करण केसीले १६ रनको योगदान गरे ।

घातक बलिङ गरेका नामिबियाका क्याप्टेन जेर्हार्ड ह्रासमसले ५ विकेट लिए । यस्तै रुबेन थ्रुम्पेलमन र ज्याक ब्रसेलको नाममा दुई-दुई विकेट रह्यो । जान एटनले एक विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved