काठमाडौ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली हुने छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना छ ।
कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । आज राती कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १६ दशमलव ८ डिग्रीसेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ । पछिल्लो समय उपत्यकाको तापक्रम बढ्दो क्रममा छ ।
Facebook Comment
Comment