काठमाडौं। भारतको केन्द्र सरकारले मंगलबार २ वटा वेवसाइट र २० वटा युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको छ। गुप्तचर संस्थाहरू तथा सुचना प्रशारण मन्त्रालयले पेश गरेको रिपोर्टका आधारमा यी सञ्चारमाध्यमहरूमाथि प्रतिबन्ध लगाइएको हो।
यी सञ्चारमाध्यमहरु पाकिस्तानबाट सञ्चालित रहेको रिपोर्टमा उल्लेख थियो। सरकारका अनुसार यी च्यानल र वेवसाइटले भारतसँग जोडिएका संवेदनशिल मुद्दामा झुठा समाचार फैलाइरहेका थिए।
यी सञ्चारमाध्यममार्फत इन्टरनेटमा कास्मिर मुद्दा तथा भारतीय सेनाका विषयमा अनर्गल प्रचार हुने आएको भारत सरकारले जनाएको छ। भारतमा अल्पसंख्यकहरुको अवस्था, राम मन्दिर विवाद र जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनाजस्ता विषयमा पनि झुठो समाचार फैलाइएको केन्द्र सरकारको दाबी छ।
द पन्च, इन्टरनेशनल वेव न्युज, खालसा टिभी, द नेकेड ट्रुथलगायत चर्चित च्यानलहरु पनि प्रतिबन्धमा परेका छन्।
Facebook Comment
Comment