काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का अध्यक्ष शाहबाज शरीफले इमरान खानले देशका लागि कहिल्यै सँगै काम नगरेको आरोप लगाएका छन् ।
‘जियो न्यूज लाइभ’सँगको वार्तामा शरीफले भने, ‘जब भारतले आक्रमण गर्यो र कश्मीरको अवस्था बिग्रियो, उनी हामीसँग कुरा गर्न आएनन् । प्रतिपक्षसँग बसेनन् ।’
उनले इमरान गोप्य ढोकाबाट संसदमा प्रवेश गर्ने गरेकोसमेत बताए ।
‘इमरान गोप्य ढोकाबाट संसदमा प्रवेश गर्थे ताकि उनले कसैसँग हात मिलाउन नपरोस् । हामीले देशको हितका लागि राजनीति त्याग्यौं । पीटीआई सरकारले देशलाई गरिबीको ढोकामा पुर्याएको थियो ।’ शरीफले भने ।
देशलाई पहिलो प्राथमिकतामा राखेर राजनीतिक मतभेदलाई पन्छाएको उनको दाबी छ ।
उनले आफ्नो पार्टीसँग राष्ट्रिय सभामा ८० सिट रहेको बताउँदै स्वतन्त्रहरूले पनि समर्थन गर्ने जिकिर गरे ।
Facebook Comment
Comment