बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित

तुम्लिङटार विमानस्थलमा अझै उडान हुन सकेन

हिमाली तथा तराइका केही जिल्लामा बाक्लो हुस्सु लागेका कारण उडान प्रभावित भएको हो।

नेपालभ्युज

बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित

काठमाडौँ। बाक्लो हुस्सुका कारण मंगलबार बिहान देशभरको आन्तरिक उडान प्रभावित भएको छ। हिमाली तथा तराइका केही जिल्लामा बाक्लो हुस्सु लागेका कारण उडान प्रभावित भएको हो।
बिहानै तय भएका उडान केहीबेर रोकिएका थियो। अहिले भने उडान सुचारु भइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

विराटनगर, भैरहवा र तुम्लिङटार विमानस्थलमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएकाले बिहान उडान हुन सकेको थिएन । अहिले पनि तुम्लिङटार विमानस्थलमा उडान हुन सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved