काठमाडौं। मुख्यमन्त्री केदार कार्कीले शुक्रबार कोशी प्रदेश सरकार विस्तार गर्ने भएका छन् ।
मुख्यमन्त्री नियुक्त भएको चार महिनापछि कार्कीले चार जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले दलीय सहमति हुन नसक्दा मन्त्रिपरिषद्लाई पूर्णता भने दिन सकिरहेका छैनन् ।
प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाउने तयारी भएको छ ।
मुख्यमन्त्री कार्यालयका अनुसार माओवादी केन्द्र र काङ्ग्रेसबाट २२ जना राज्यमन्त्री सहित ३ जना मन्त्री नियुक्त हुने छन् ।
माओवादीबाट नारायण बुर्जा र राजेन्द्र कार्कीलाई मन्त्री बनाउने तयारी मुख्यमन्त्री कार्कीको छ । यस्तै कांग्रसबाट राम खत्री र प्रदीप सुनुवार मन्त्री बन्ने छन् । इन्दिरा थापा भने राज्यमन्त्री बन्ने छन् ।
Facebook Comment
Comment