अरुका यस्ता चीज कहिल्यै प्रयोग गर्नु हुँदैन

नेपालभ्युज

अरुका यस्ता चीज कहिल्यै प्रयोग गर्नु हुँदैन

एजेन्सी । केही मानिसहरु अरुका कुनै सामान देख्दैमा लोभ मान्ने गर्दछन् । यदी मागेर पाइने जस्तो छ भने माग्न पनि पछि पर्दैनन् । तर केही त्यस्ता चीजहरु छन्, जो अरुको प्रयोग गर्नु हुँदैन । यो वैज्ञानिक तथा वास्तुअनुसार पनि राम्रो हुँदैन । जानौं ती चीजहरुका बारेमा–

घडी
वास्तुका अनुसार घडीको सम्बन्ध सकारात्मक तथा नकारात्मक ऊर्जासँग जोडिएर देखिने गर्दछ । घडीको सम्बन्ध हरेक राम्रो नराम्रो समयसँग सम्बन्धित हुन्छ त्यसैले अरुको घडी प्रयोग गर्नु हुँदैन । यसले तपाईंको पनि नराम्रो समय शुरु हुन सक्छ भन्ने मान्यता छ । साथमा यो  दैनिक रुपमा प्रयोग गरिने वस्तु भएकाले पनि शरीरसँग जोडिने भएकाले वैज्ञानिक रुपले पनि अरुको घडी लगाउनु राम्रो हुँदैन ।

औंठी
वास्तुशास्त्र अनुसार कहिल्यै पनि अरुको औंठी लगाउनु हुँदैन । यस्तो गर्नु पनि अशुभ मानिन्छ । ज्योतिषका अनुसार यदी तपाईंले अरु कसैको औंठी लगाउनु हुन्छ भने यसले स्वास्थ्य तथा आर्थिक दुवै अवस्थालाई हानी पुर्‍याउन सक्छ ।
पर्स

ज्योतिष शास्त्रअनुसार अन्य व्यक्तिको पर्स पनि लिनु राम्रो मानिँदैन । किनकी वैज्ञानिक रुपले पनि पर्स दैनिक साथमा राख्ने कुरा भएकाले यसबाट स्वास्थ्यमा पनि नराम्रो असर पर्न सक्छ । साथमा पर्स अरुको आर्थिक कुरासँग जोडिएको हुनाले यसको नकारात्मक असर तपाईंमा पनि सर्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved