संसद्का नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ

नेपालभ्युज

संसद्का नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ

काठमाडौं । संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले शपथ लिएका छन् । उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।

शपथग्रहण समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, उपसभामुख इन्दिरा राना लगायतको उपस्थिति रहेको थियो ।

तत्कालिन महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेलाई महासचिवमा सिफारिस गरिएको थियो । सिफारिसको झण्डै दुई महिनापछि मंगलबार उनलाई महासचिवमा नियुक्त गरिएको हो ।

उनलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिव नियुक्त गर्न सिफारिस गरेका थिए ।

महासचिव सिफारिस भएको २ महिना पुग्नलाग्दासमेत नियुक्ति नभएपछि राष्ट्रपति कार्यालयले एउटै ब्यक्तिलाई दुई पदमा नियुक्ति गर्न नमिल्ने तर्क गरेपछि नियुक्ति हुनुअघि पाण्डेयले सचिवबाट राजीनामा दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved