काठमाडौं । भारतमा भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र भारत सरकारका युवा मामिला केन्द्रीय मन्त्री अनुराग ठाकुरबीच भेटवार्ता भएको छ ।
भोलिदेखि दिल्लीमा हुने एक्वाटिक्स च्याम्पियनसिप प्रतियोगिताको पूर्वसन्ध्यामा दुई मन्त्रीबीच छलफल भएको हो ।
बुधबारदेखि तीन दिनसम्म दिल्लीमा बिमस्टेक एक्वाटिक्स च्याम्पियनसिप प्रतियोगिता आयोजना हुँदैछ ।
मन्त्री ठाकुरले सामाजिक सञ्जाल एक्समा दुई देशको खेलकुद क्षेत्रको विकासका लागि आपसी सहयोग र सहकार्य गर्ने विषयमा छलफल भएको जनाएका छन् ।
क्षेत्रीय एकता र सहयोगलाई प्रवद्र्धन र सुदृढ गर्न दुवै राष्ट्रका युवा शक्तिलाई सदुपयोग गर्दै खेलकुदका क्षेत्रमा साझेदारीका अवसर खोज्न सकिने मन्त्री ठाकुरले जनाएका छन् । बिमस्टेक अन्तर्गत भारतले पहिलो अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमको आयोजना गर्न लागेको हो ।

Facebook Comment
Comment