दिल्लीमा संक्रमण ६ महिनायताकै उच्च, फेब्रुअरीमा तेस्रो लहर उच्च बिन्दुमा पुग्ने आकलन

भारतको राजधानी दिल्लीमा कोभिड–१९ को संक्रमण बढ्न थालेको छ।

नेपालभ्युज

दिल्लीमा संक्रमण ६ महिनायताकै उच्च, फेब्रुअरीमा तेस्रो लहर उच्च बिन्दुमा पुग्ने आकलन

नयाँदिल्ली। भारतको राजधानी दिल्लीमा कोभिड–१९ को संक्रमण बढ्न थालेको छ। आइतबार संक्रमितको संख्या एक सयभन्दा बढी पुगेको छ। दिल्लीमा एकैदिन संक्रमित हुनेको संख्या यो ६ महिनायताकै उच्च हो ।

सरकारी तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा राजधानी दिल्लीमा १ सय ७ जना संक्रमितहरू थपिएका हुन्। जुन २७ पछि पहिलो पटक संक्रमितको संख्या एक सय नाघेको हो । संक्रमण दर शून्य दशमलव १७ देखिएको छ । पछिल्लो केही महिनायता संक्रमणको दर शून्य दशमलव १० भित्र थियो। पछिल्लो दस दिनको अन्तरालपछि एक जना संक्रमितको दिल्लीमा मृत्यु पनि भएको छ । सक्रिय संक्रमितको संख्या हाल ५ सय ४ छ ।

दिल्लीमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या पनि २२ पुगेको छ। संक्रमणको बढ्दो संख्यालाई मध्यनजर गर्दै नेसनल कोभिड–१९ सुपरमोडल प्यानलले आउँदो फेब्रुअरीमा भारतमा कोभिडको तेस्रो लहर उच्च बिन्दुमा पुग्ने आकलन गरेको छ। अहिले भारतमा सरदर दैनिक साढे ७ हजार डेल्टा भेरिएन्ट संक्रमित थपिने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved