के तपाईं प्लास्टिकको बोतल किनेर पानी पिउनुहुन्छ ? यो अध्ययनले उडाइदिनेछ होस्

नेपालभ्युज

के तपाईं प्लास्टिकको बोतल किनेर पानी पिउनुहुन्छ ? यो अध्ययनले उडाइदिनेछ होस्

एजेन्सी । धारा तथा मूलको पानी अहिलेको समयमा प्लास्टिकको बोतलमा कैद भएको छ । प्राकृतिक रुपमै पानी पिउनु भनेको एकदमै जटिल तथा असम्भव जस्तो हुन थालिसकेको छ । विशेषगरी शहरी क्षेत्रमा त यो सम्भव नै छैन । अधिकांशलाई लाग्छ बोतलकै पानी सबैभन्दा स्वस्थकर छ ।

तर, प्लास्टिकका बोतलसम्बन्धी एक अध्ययन अगाडि आएको छ, जसले तपाईंको होस नै उडाउने छ । किनकी यसमा भनिएको छ कि बोतलको पानी तपाईंको स्वास्थ्यका लागि कति खतरनाक छ ।

शोधकर्ताका अनुसार एक लिटर पानीको बोतलमा औसत २ लाख ४० हजार प्लास्टिकका कण पाइन्छन् ।

बोतलमा पाइने प्लास्टिकका टुक्राले शरीरलाई एकदमै दुषित बनाइरहेका छन् । किनकी यी शरीरको महत्वपूर्ण अंगमा गएर जम्मा भइरहेका छन् । साथमा यी टुक्राले आफूसँग फेथलेट्स रसायन लग्छन् जसले प्लास्टिकलाई धेरै टिकाउ बनाउने गर्छन् । यो अध्ययन कोलम्बिया विश्वविद्यालयका सोधकर्ताले गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved