जमिनमा बसेर भोजन गर्नुका फाइदा

नेपालभ्युज

जमिनमा बसेर भोजन गर्नुका फाइदा

एजेन्सी । अहिले धेरै मानिस घरका टेबल कुर्सीमा बसेर खाना खान्छन् । तर, पहिले जमिनमा बसेर भोजन गरिन्थ्यो । यसका केही फाइदा पनि छन् ।

जानौं जमिनमा बसेर खाना खानुका फाइदा –

  • जमिनमा बसेर खाना खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । तर, जाडो मौसममा सिधै भूँइमा नबस्नुहोस् । केही बिछ्याएर बस्नु पर्दछ ।
  • खाना खाँदा कुर्सीटेबलको प्रयोग गर्नुको सट्टा जमिनमा केही बिछ्याएर खुट्टालाई क्रस गराएर ढाड सिधा राखेर बस्नुहोस् । यसरी खाना खाँदा फाइदा हुन्छ ।
  • जमिनमा बसेको समयमा खानाको थालीलाई केही दुरीमा राख्नुहोस् । यसरी खाने समयमा अगाडितिर झुकेर खाँदा पेटलाई फाइदा पुग्छ ।
  • जमिनमा बसेर सही तरिकाले खाँदा मानसिक सन्तुष्टि पनि दिन्छ । विभिन्न शास्त्रमा पनि जमिनमा बसेर भोजन गर्नु सही मानिएको छ ।
  • जमिनमा सुखासनको मुद्रामा बसेर खाँदा खाँदा मांसपेशीलाई पनि आराम मिल्छ । यसबाट शरीरले ऊर्जा प्राप्त गर्छ र शरीरले लचिलोपन महसुस गर्छ ।
  • जमिनमा बसेर खाना खाँदा मनलाई शान्ति हुन्छ । यसरी सुखासनमा बसेर खाँदा तनाव कम हुन्छ ।
  • जसलाई घुँडा तथा खुट्टामा समस्या छ त्यस्तो व्यक्ति जमिनमा बसेर खानबाट बच्नुपर्छ । त्यस्तै मोटोपन भएका व्यक्तिलाई पनि जमिनमा बसेर खाना खान गाह्रो हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved