काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरीत संसद् अवरुद्ध पारिरहेको बताएका छन्। अदालतमा विचाराधीन मुद्दालाई उठान गरेर एमालेले संसद् अवरुद्ध गर्न नपाउने उनले बताए।
आइतबार काठमाडौंमा आयोजित पार्टीनिकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा बोल्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्वीप नलाग्ने सर्वोच्चको फैसला विपरीत एमालेले संसद् अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाए।
एमाले अध्यक्ष केपी शर्मा ओली अदालतको फैसलालाई मान्य पक्षमा नरहेको उनको भना थियो। उनले सर्वोच्चको उक्त फैसलालाई अस्वीकार गर्दै संसद् अवरुद्ध पारेर एमालेले संविधानलाई नै चुनौती दिने काम गरेको बताए।
अदालतको फैसलालाई स्वीकार नगर्नेले संविधानको ढाडस दिँदै संसद् अवरोध गर्नुको कुनै तुक नहुने उनको भनाइ थियो।
Facebook Comment
Comment