काठमाडौं । आइफोन निर्माता एप्पलका सीईओ टिम कुक हरेक दिन बिहान चार बजे उठ्छन् । जुनसुकै सहर होस्, घर होस् वा होटेल, अघिल्लो रात जतिसुकै काम गरे पनि, बिहान सबेरै उठ्ने उनको दिनचर्या कहिल्यै परिवर्तन हुँदैन।
‘म उठ्ने बित्तिकै पहिले मेरो इमेल जाँच गर्छु, महत्त्वपूर्ण इमेलहरूको जवाफ दिन्छु र त्यसपछि सिधै जिम जान्छु ।’ टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा कुकले बताएका थिए।
ट्विटरका पूर्व सह-संस्थापक ज्याक डोर्सी पनि बिहान पाँच बजे उठ्छन् । केहीबेर ध्यान गरेपछि दश किलोमिटर दौड्न्छन् । उनको यो नियमित दिनचर्या नै हो ।
पेप्सीकी सीईओ इन्द्रा नुयी बिहान ४ बजे उठ्छिन् र ७ बजे कार्यालयमा पुग्छिन्। फर्च्युन म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले सो कुरा बताएकी हुन् ।
न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार डिज्नीका सीईओ रोबर्ट इगर पनि बिहान ४ः३० बजे उठ्छन् । त्यसपछि इमेलहरू जाँच गर्छन्, व्यायाम गर्छन् र अफिस जान्छन् ।
जनरल मोटर्सका सीईओ मेरी बार्रा हरेक बिहान ६ बजे कार्यालयमा पुग्छिन् । सीईओ हुनुअघि पनि उनी बिहान ६ बजे कार्यालय पुग्ने गर्थिन् ।
बिहान ६ बजे कार्यालय पुग्ने स्टारबक्सका सीईओ हावर्ड शुल्ट्जको अवस्था पनि त्यस्तै छ। उनी पनि बिहानको ३ः३० बजे उठिसकेका हुन्छन् ।
हामी तपाईलाई यी सबै व्यक्तिको बिहानको दिनचर्या किन बताइरहेका छौं भनेर सोचिरहनुभएको होला। यसको एउटा कारण छ। यदि तपाईंले कसैलाई जीवनको कुनै पनि क्षेत्रमा सफल देख्नुभयो भने निश्चितरूपमा उसको बिहानको दिनचर्याको बारेमा जान्ने चाहना हुन्छ । यो सफलता व्यवसाय निर्माण गर्ने वा पैसा कमाउने सफलता मात्र होइन।
बिहान सबेरै उठ्नेबारे विज्ञानले के भन्छ ?
सन् २०१८ मा जर्नल अफ क्रोनोबायोलोजी इन्टरनेशनलमा प्रकाशित एक अध्ययन अनुसार बिहान ढिलो उठ्ने मानिसमा अकाल मृत्युको जोखिम १० प्रतिशत बढी हुन्छ।
३८ देखि ७३ वर्ष उमेर समूहका साढे चार लाख मानिसमा गरिएको यो अध्ययनले बिहान सबेरै उठ्ने बानीलाई शारीरिक र मानसिक स्वास्थ्य मार्करमा परिक्षण गरेको छ ।
अध्ययनका अनुसार बिहान सबेरै उठ्ने मानिसहरूको शरिरमा उर्जा बढ्ने, काममा केन्द्रित हुन मद्धत गर्ने, ब्लड प्रेसर र सुगरको मात्रा कम हुने, निन्द्राको गुणस्तर बढ्ने जस्ता सकारात्मक पक्ष देखिनेछ ।
यसको विपरित बिहान ढिलो उठ्ने ७० प्रतिशत मानिसको जीवनशैली भने खराब हुन्छ । ढिलो उठ्ने व्यक्तिमा सुत्ने समय, ब्लड प्रेसर, कामप्रतिको लगाव साथै दिनचर्यामा नकारात्मक असर पुगेको अध्ययनमा देखिन्छ ।
बिहान ढिलो उठ्दा मधुमेहको जोखिम ७२ प्रतिशतले बढी
हार्वर्ड मेडिकल स्कूलको सन् २०२३ को अध्ययन अनुसार राति अबेरसम्म बस्ने र बिहान ढिलो उठ्ने मानिसहरूमा मधुमेहको जोखिम ७२ प्रतिशतले बढ्छ।
अर्थात्, सांसारिक सफलता प्राप्त गर्नका लागि बिहान सबेरै उठ्नु आवश्यक मात्र होइन, राम्रो, स्वस्थ र रोगमुक्त जीवन जिउन पनि आवश्यक छ ।
संसारमा सबैको २४ घण्टा एउटै हुन्छ
सीईओ होस् वा चपरासी संसारमा सबैसँग २४ घण्टा मात्र हुन्छ। त्यसोभए यो कसरी हुन्छ कि कसैले २४ घण्टामा धेरै काम गर्छ र कोही आफ्नो लक्ष्य पूरा गर्न सक्दैन ?
एरियाना हफिंगटन हफिंगटन पोस्टको सह-संस्थापक हुन्। उनले एउटा पुस्तक लेखेका छन् – ‘थर्भ’ । यसको अर्थ फस्टाउनु, अगाडि बढ्नु, विकास गर्नु हो।
‘बिहान सबेरै उठेर शरीर र दिमागको स्वास्थ्यको ख्याल गर्नु कुनै काम होइन। यो बानी हो। जीवन जिउने तरिका हो। हाम्रो जीवनको गुणस्तर यी साना बानीहरूमा निर्भर गर्दछ। बिहान सबेरै उठ्ने बानीहरू मध्ये एक हो।’ उनले पुस्तकमा लेखेका छन् ।
बिहान सबेरै उठ्नु भनेको राति चाँडै सुत्नु हो। नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार मधुमेह, रक्तचाप, उच्च रक्तचाप, फ्याटी लिभर, मोटोपना जस्ता जीवनशैलीका ७० प्रतिशत रोग खराब गुणस्तरको निद्राका कारण हुने गरेको छ । सर्काडियन लय अनुसार हिड्दा छिटो निन्द्रा लाग्ने मात्र होइन निद्राको गुणस्तरमा पनि सुधार हुन्छ।
समग्रमा बिहान सबेरै उठ्नु एउटा बानी मात्र होइन, जीवनका अन्य सबै महत्त्वपूर्ण राम्रा बानीहरू यससँग जोडिएका छन्।
क्रोनोबायोलोजी इन्टरनेशनल जर्नलमा प्रकाशित अध्ययनमा राती अबेरसम्म उठ्ने र बिहान ढिलो उठ्ने व्यक्तिहरूको खाना बानी, आवेग नियन्त्रण, कार्य व्यवस्थापन र काम-जीवन सन्तुलन गर्ने क्षमता पनि ६२ प्रतिशत राम्रो हुन्छ।
Facebook Comment
Comment