एजेन्सी । एआई अर्थात आर्टिफिशियल इन्टेलिजेन्सको बढिरहेको विस्तार कतिपयका लागि चिन्ताको विषय बन्न थालेको छ । मानिसलाई लाग्न थालेको छ ढिलोचाँडो भोलीको संसारमा यसले कब्जा गर्दैछ ।
यही खतरालाई देखेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले खबरदारी गरेको छ । आईएमएफको अनुमानमा संसारको ४० प्रतिशत नोकरी एआईको कारणले जोखिममा छन् । ब्रिटेन जस्ता देशमा यसको असर ६० प्रतिशतसम्म हुने अनुमान गरिएको छ ।
एआईको मार विकसित देशमा सबैभन्दा धेरै देख्न पाइने छ । यहाँ मानिसहरुको तलब काटिने तथा नोकरी खोसिने जोखिम अत्यधिक हुने अनुमान छ ।
संसारभरमा एआईको कारणले धनसम्पत्तिमा असमानता बढ्ने सम्भावना पनि हुन सक्छ । यति मात्र नभएर यो प्रविधिले देशहरु बीचमा असमानता अझै गहिरो हुन सक्ने छ ।
स्पेसएक्सका संस्थापक तथा उद्योगी एलन मस्कले एआई मानिसले सोंचिरहेको भन्दा कयौं गुणा खतरनाक भएको बताएका थिए ।
Facebook Comment
Comment