संघीय संसद्को हिउँदे अधिवेशन नजिकिँदै, कस्तो छ दलहरूको तयारी ?

नेपालभ्युज

संघीय संसद्को हिउँदे अधिवेशन नजिकिँदै, कस्तो छ दलहरूको तयारी ?

काठमाडौं । सोमबार सुरु हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षसहितका दलले तयारी थालेका छन् ।

भ्रष्टाचार, महँगी, कालोबजारी, युवा विद्यार्थीको विदेश पलायनसहित जनसरोकारका विषय उठानको तयारीमा प्रतिपक्ष छ । सत्तापक्ष केही विधेयक पेस गर्ने तयारीमा छ ।

संसदमा राष्ट्रियता, स्वाधीनता, संविधान कार्यान्वयन र जनसरोकारसँग जोडिएका विषयमा खबरदारीका साथ आवाज उठाउने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौला बताउँछन् ।

सत्तारुढ माओवादी भने संविधान र सङ्घीयता कार्यान्वयनसँग अत्यावश्यक मानिएका विधेयकलाई निष्कर्षमा पुर्‍याउने योजनामा छ ।

नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे भन्छन्, ‘‘आगामी अधिवेशनमा कार्यतालिका बनाएर काम गर्नेलगायत दुई चार वटा मुख्य मुद्दालाई अघि बढाइने छ ।’’

सांसदको मागअनुरूप प्री बजेट छलफल गर्ने यस अधिवेशनका प्रमुख कार्यभार रहेको नेपाली कांग्रेस संसदीय दलकी सचेतक सुशीला थिङको भनाइ छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुवै सदनको बैठकका लागि संसद् सचिवालयले आवश्यक तयारी गरिरहेको छ ।

संसद्को हिउँदे अधिवेशनको तयारीका लागि संसद् सचिवालयका पदाधिकारीले नयाँ बानेश्वरस्थित संसद् भवनको निरीक्षण गरेका छन् ।

कार्यवाहक महासचिव पदमप्रसाद पाण्डेयको नेतृत्वमा संसद्का कर्मचारीले सदनको सम्पूर्ण पक्षको अवलोकन गर्दै जानकारी लिएका छन् । संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन सोमबार ४ बजे बोलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved