काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भएलगत्तै दुई ठूला पार्टीको महाधिवेशन/महामन्त्रीको तुलना हुन थालेको छ।
एमालेले चिवतनमा सम्मन्न गरेको महाधिवेशनलाई सहमतिको महाधिवेशन भन्दै त्यही सन्देश दिने प्रयास गर्दा कांग्रेस महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका लागि तीव्र प्रतिस्पर्धा भयो।
दुई पार्टीले महाधिवेशन सम्पन्न गरेसँगै पार्टीका महासचिव/महामन्त्रीका विषयमा चर्चा हुन थालेको हो। मूल नेतृत्वमा दुवै पार्टीमा यसअघि नै परीक्षण भएका व्यक्ति दोहोरिँदा दुवै पार्टीमा महासचिव/महामन्त्रीमा भने नयाँ अनुहार आएका छन्। एमालेमा पदाधिकारीमा पुरानै मान्छेको पुनरावृत्ति हुँदा कांग्रेसमा भने सभापति र एक उपसभापतिबाहेक पार्टीका अन्य पदाधिकारीमा नयाँ अनुहार आएका छन्।
एमाले सर्वसम्मतिका नाममा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका व्यक्तिलाई पदाधिकारीमा स्वीकृत गरेको छ। भने, नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले समेत निर्वाचित हुन कडा प्रतिस्पर्धाको सामना गर्दा महाधिवेशन प्रतिनिधिले आगामी पाँच वर्षका लागि आफ्नो नेतृत्व चयन गरेका हुन्।
कांग्रेसमा देउवाले आफू नेतृत्वमा आउँदै गर्दा गगन थापा र विश्व प्रकाश शर्मालाई महामन्त्रीका रूपमा पाएका छन्। कांग्रेसमा महामन्त्रीमा नियुक्त भएका थापा र शर्माद्वय महाधिवेशन प्रतिनिधिबाट अनुमोदित भएका हुन्। अर्कोतर्फ एमालेमा भने महासचिवका रूपमा उदायका शंकर पोखरेल अध्यक्ष ओलीको चाहनामा उक्त पदमा आसिन भएका हुन्।
पोखरेल पार्टीको महासचिवका रूपमा अघि आए पनि महाधिवेशन प्रतिनिधिबाट अनुमोदित भएका व्यक्ति होइनन् उनी। उनलाई महासचिव नियुक्त गर्न पार्टीका महाधिवेशन प्रतिनिधिभन्दा अध्यक्ष ओलीको भूमिका बढी रह्यो। कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा प्रतिनिधिबाट अनुमोदित हुँदा पोखरेलले भने आफ्नो अभिमत बुझ्न नै पाएनन्।
अध्यक्षको चाहनामा महासचिव भएका पोखरेल र प्रतिनिधिबाट चुनिएका महामन्त्री थापा र शर्माले आगामी दिनमा गर्ने कार्यसम्पादनमा यसको असर कस्तो पर्ला ? एमाले प्रचार विभागका उप-प्रमुख विष्ण रिजाल अध्यक्षको चाहनाभन्दा पार्टीले सर्वसम्मत रूपमा महासचिवको चयन गरेको हुँदा त्यसले कार्यसम्पादनमा कुनै असर नपुर्याउने बताउँछन्।
“पार्टीका सभापतिलाई मतदान गरेका प्रतिनितधिहरूले नै महामन्त्रीलाई पनि मतदान गरेका हुन्,” तिवारी भन्छन्, “कांग्रेसका महामन्त्रीको जिम्मेवारी पार्टी सभापतिको तुलनामा पार्टीका कार्यकताप्रति बढी हुन्छ।”
कांग्रेसको महामन्त्री प्रतिस्पर्धाबाट चयन भएको हो भने एमालेमा सर्वसम्मतिमार्फत भएको रिजाल बताउँछन्। “सर्वसम्मत नेतृत्व पार्टीभित्र सबैले मानेको नेतृत्व हो,” रिजाल भनछन्, “कांग्रेसको महामन्त्री पार्टीभित्रका आधा संख्याले मानेको देखिन्छ, यसरी हेर्दा कांग्रेसका महामन्त्रीले पार्टीभित्रका सबैले नमानेका पदाधिकारी हुन्।”
महाधिवेशनबाट आएका महामन्त्रीको वैधता नियुक्त महासचिवको वैधताभन्दा बढी हुने शंकर तिवारी बताउँछन्। तिवारी नेपाली कांग्रेसको १४ औँ महाधिवशेनमा पार्टीको केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका छन् जसको मत परिणाम सार्वजनिक हुन बाँकी छ।
“पार्टीका सभापतिलाई मतदान गरेका प्रतिनितधिहरूले नै महामन्त्रीलाई पनि मतदान गरेका हुन्,” तिवारी भन्छन्, “कांग्रेसका महामन्त्रीको जिम्मेवारी पार्टी सभापतिको तुलनामा पार्टीका कार्यकताप्रति बढी हुन्छ।”
त्यसको तुलनामा अध्यक्षबाट नियुक्त भएका महासचिवको झुकाव जति अध्यक्षप्रति हुन्छ त्यति पार्टी कार्यकताप्रति हुने सम्भावना कम हुने उनको तर्क छ।
शंकर पोखरेल मन्त्री भईसकेका मुख्यमन्त्री भएका र पार्टीको केन्द्रीय राजनीतिमा राम्रो प्रभाव राख्ने नेता हुन्। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद हुँदा लुम्बिनी प्रदेशको मुख्यमन्त्री रहेका उनी केन्द्रीय राजनीतिलाई सहजीकरण गर्न प्रदेशमा भन्दा बढी केन्द्रमा हुन्थे। त्यसले पनि उनको भूमिका राष्ट्रिय राजनीतिमा कति छ भन्ने देखाउँछ।
यद्यपि, महाधिवेशनबाट पार्टीको महासचिवमा नियुक्त पोखरेल अध्यक्ष ओलीको छायाँमा परेको बताउँछन् वाम राजनीतिक विश्लेषक झलक सुवेदी। पोखरेलले आफूलाई ओलीको छायाँबाट बाहिर निकाल्दै आफ्नै प्रकारको व्यक्तित्व निर्माण गर्न सकेको अवस्था कांग्रेसका महामन्त्रीहरूको तुलनमा उनको प्रभावकारिता यथावत् रहन सक्छ। “अध्यक्षको छायाँमा मात्रै बसेरको अवस्थामा सहयोगितको भूमिका मात्रै रहन्छ कांग्रेसका महामन्त्रीसँग प्रतिस्पर्धा हुँदैन,” सुवेदी भन्छन्। अध्यक्षले चयन गरेको महासचिव भएका कारण पोखरेल पार्टी अध्यक्ष ओलीकै मात्र विश्वास पात्र हुने हुन् कि भन्ने आशंका पनि व्यक्त भएका पाइन्छ।
एमाले प्रचार विभागका उप-प्रमुख रिजाल यस विषयमा केही फरक विचार राख्छन्। एमालेमा एउटा नेताले चयन गरेको व्यक्ति महासचिव हुनु भयो, कांग्रेसमा दुई नेताले। त्यसले एमालेको भन्दा कांग्रेसको महामन्त्रीको चयन प्रक्रिया फरक हो भन्न नमिल्ने रिजाल तर्क गर्छन्।
“प्रतिस्पर्धाबाट आउनु भएका महामन्त्री पनि पहिला गुटको टिकट लिएर निर्वाचित भएका व्यक्ति हुन्। गगन थापा शेरख कोइराला र विश्वप्रकार शर्मा प्रकाशमान सिंहको प्यानलबाट आउनु भएको हो,” रिजाल भन्छन्, “कांग्रेसमा महामन्त्री प्रतिनिधिबाट मात्रै चयन भएको चर्चा गलत हो।
एमालेमा एउटा नेताले टिकट दिनुभयो, कांग्रेसमा दुई नेताबाट टिकट लिएर महाधिवेशनमा निर्वाचित भएका हुन्।” एमाले अध्यक्षबाट नियुक्त गरियो भन्दै गर्दा कांग्रेसबाट पनि नेताकै गल्तीबाट चुनिएको रिजाल बताउँछन्।
प्रतिनिधिको चाहना अनुसार आएका महामन्त्री बनेको विश्वास जितेर आएका हुन्। अर्कोतर्फ एमालेको हकमा अध्यक्षले भनेको कुरालाई समर्थन गर्नुपर्छ भन्ने हिसाबमा महासचिवको चयन भएको देखिन्छ।
एमालेभित्रको अहिलेकै समिकरणमा पोखरेललाई महाधिवेशनबाट वैधानिक रूपमा महासचिवमा निर्वाचित हुन गाह्रो नहुने भए पनि उनले त्यो अवसर प्राप्त नगरेको वाम विश्लेषक सुवेदी बताउँछन्।
“पोखरेललाई पनि ओली समुहमा निर्वाचन जित्न असहज हुने थिएन, प्रतिस्पर्धाबाट आएको भए उहाँको छवि केही फरक हुने थियो,” विश्लेषक सुवेदी भन्छन्, “अहिले पोखरेललाई ओलीले बनाएको महासचिव भन्ने ट्याग लागेको छ भने युवापनको अपिल पनि गगन र शर्मासँग हुँदा पोखरेलाई उनीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो हुनसक्छ।”
Facebook Comment
Comment