कपाल बाक्लो बनाउने घरेलु तरिका

नेपालभ्युज

कपाल बाक्लो बनाउने घरेलु तरिका

एजेन्सी । खराब जीवनशैली तथा खानपान र तनावपूर्ण जीवनमा शरीरसँगै कपालको समस्या पनि बढेको छ ।

कपाल झर्ने, चायाँ, तालु खुइलिने, कपाल टुक्रिने, रौंहरुको गुणस्तर कम हुने जस्ता विभिन्न समस्या हुने गर्छन् । आज हामी यहाँ कपालका रौं पातलो भएको तथा त्यसको गुणस्तर बढाउन गरिने घरेलु उपायका बारेमा जान्नेछौं ।

अमला र कागती मास्क

अमला र कागतीको रसमा भरपूर मात्रामा भिटामिन सी हुन्छ । जसले कपालका विभिन्न समस्या कम गर्छ । यसका लागि दुवैको रसको मिश्रण तयार गर्नुहोस् र कपालमा लगाएर केहीबेर राख्नुहोस् । यो सुकेपछि स्याम्पुले धुनुहोस् ।

केरा र अन्डा

केरा र अन्डाको मिश्रण पनि कपालका लागि एकदमै राम्रो मानिन्छ । यसको मिश्रण तयार गरेर लेप बनाएर लगाउनुभयो भने कपाललाई बलियो बनाउँछ र पातलो भएको रौंलाई स्वस्थ बनाउने काम गर्छ । यसले कपालमा चमक पनि ल्याउँछ ।

मेथी

कपाल बलियो बनाउन मेथीलाई एकदमै राम्रो विकल्प मानिन्छ । मेथीको दानालाई भिजाएर यसको लेप बनाएर यत्तिकै लगाउने वा प्राकृतिक मेहेन्दीमा मिसाएर पनि लगाउन सकिन्छ । यसले कमजोर भएको कपाललाई बलियो बनाउँछ ।

एवोकाडो

जसरी एवोकाडो खाँदा फाइदाजनक हुन्छ त्यसरी कपालमा पनि लगाउन सकिन्छ । यसले कपाललाई पोषण दिन्छ र जरैदेखि बलियो र सुन्दर बनाउँछ ।

एलोवेरा

त्यसो त एलोवेरालाई आयुर्वेदिक औषधिको रुपमा धेरै चिजका लागि प्रयोग गरिन्छ । यो खाँदा जति फाइदाजनक छ त्यसरी नै लगाउँदा पनि छाला तथा कपाल दुवैका लागि एकदमै फाइदाजनक हुन्छ । यसले स्काल्पमा हुने संक्रमणबाट जोगाउँछ र कपाललाई प्राकृतिक चमक दिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved