लिखु नदीले जलाउँदै गरेको शव बगायो, केही मलामीलाई समेत बगाएको आशंका

नेपालभ्युज

लिखु नदीले जलाउँदै गरेको शव बगायो, केही मलामीलाई समेत बगाएको आशंका
शव जलाएको स्थान Photo: Ramechhap Times

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देल बाल्दिङ स्थित लिखु नदीले जलाउँदै गरेको शव बगाएको छ भने केही मलामीलाई समेत बगाएको आशंका गरिएको छ ।

गत बिहीबार आत्महत्या गरेर ज्यान गुमाएका बाल्दिङका ३२ वर्षीय झपट थापा (विदुर) को शव शनिबार साँझ जलाउने क्रममा लिखु नदीमा यो घटना घटेको हो ।

शव जलाइरहेको बेला लिखु–२ ले बिना सूचना एक्कासि ड्यामको पानी छोड्दा जलाउँदै गरेको लाश बगाएको हो ।

एक प्रत्यक्षदर्शीका अनुसार ५०/६० जना मलाम गएकोमा शवमाथि एक्कासी खोलो बगेको र सबै भागाभाग भएको थियो ।

अध्यारो भएको बेला घटना घटेकोले केही अलपत्र परेका छन् भने केही मलामी घर फर्किइसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved