अन्डर-१९ विश्वकप : न्युजिल्याण्डविरुद्ध नेपालले पहिले बलिङ गर्दै

नेपालभ्युज

अन्डर-१९ विश्वकप : न्युजिल्याण्डविरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौं । अन्डर १९ विश्वकप क्रिकेटमा न्युजिल्याण्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क मैदानमा न्युजिल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

अन्डर १९ विश्वकपमा यसअघि नेपालले न्युजिल्याण्डसँग दुईवटा खेल खेलेको छ । तिमध्ये दुवै खेल नेपालले जितेको छ ।

जारी विश्वकपमा नेपाल ग्रुप ‘डी’ मा रहेको छ । नेपाल रहेको ग्रुपमा न्युजिल्याण्ड, पाकिस्तान, अफगानिस्तान पनि छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved