एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति तय

विधान संशोधन गर्न उपाध्यक्ष पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल

नेपालभ्युज

एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति तय

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण गरेको छ।

वडा तथा शाखास्तरीय र पालिका तथा इलाकास्तरीय अधिवेशन, जिल्ला अधिवेशन र प्रदेश अधिवेशन देशभर एकै दिन आयोजना गर्नेगरी बैठकमा प्रस्तुत प्रस्ताव पारित गरिएको छ। बैठकले २३ पुसमा जिल्ला अधिवेशन र ८ माघमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकबाट दशौं महाधिवेशनबाट संशोधित विधान संशोधन गर्न र विधानको नयाँ व्यवस्थाअनुरूप नियमावली संशोधनका लागि तीन सदस्यीय कार्यदल पनि गठन गरिएको छ। उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा बनाइएको कार्यदलमा खगराज बडाल र रमेश बडाललाई समेटिएको छ।

साथै दशौं महाधिवेशनपछि चितवनमा भएको पहिलो बैठकमा शपथ ग्रहण गर्न छुटेका निर्वाचित केन्द्रीय कमिटीका सदस्यलाई अध्यक्ष केपी ओलीले शपथ ग्रहण गराएका छन्। त्यस्तै बैठकमा महाधिवेशनको सामान्य समीक्षा पनि भएको छ।

दशौं राष्ट्रिय महाधिवेशनको सामान्य समीक्षा उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा प्रस्तुत गरेका हुन्। उक्त समीक्षा प्रस्तावमा सुझाव दिन बैठक आह्वान गरिएको र प्राप्त सुझावहरू समावेशगरी सामान्य समीक्षा प्रतिवेदनलाई महाधिवेशनको सन्देशको रुपमा सम्प्रेषण गर्नेगरी पारित गरिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved