माघ तेस्रो साता संसदको हिउँदे अधिवेशन बोलाउने तयारीमा सरकार

नेपालभ्युज

माघ तेस्रो साता संसदको हिउँदे अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माघको तेस्रो सातादेखि हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको बताएकी छन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको बताएकी हुन् ।

उनले आगामी संसद अधिवेशनमा पेस गर्नेगरी सरकारले चलचित्रसम्बन्धी ऐनको तयारी गरिरहेको पनि बताइन् ।

मन्त्री शर्माले राज्यले पनि स्वदेशी चलचित्रको प्रवद्र्धनमा बढी ध्यान दिन आवश्यक रहेको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved